Sajhamanch Archive

अर्जुनधारामा लम्बियो लकडाउन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह, स्वास्थ्य by .

झापा । झापाको अर्जुनधारा नगरपालिकाले थप चार दिन नगर क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । बिहीबार बसेको नगरको बैठकले यस्तो निर्णय गरेको हो ।

नगरपालिकाको सभाकक्षमा बसेको बैठकले नगरमा कन्ट्याक ट्रेसिङ गर्न सहज होस् भन्नका लागि लकडाउन थप गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका यस अघि साउन १८ गते बिहान ५ गतेदेखि २२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।

अर्जुनधारा नगर क्षेत्रमा पनि समुदायमा कोरोना भाइरस संक्रमित फेला परिसकेकाले थप समुदायस्तरमा फैलनसक्ने सम्भावना रहेको भन्दै उक्त निर्णय गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *