Sajhamanch Archive

कोरोनाभाइरसको संक्रमणबाट एक युवकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

जनकपुरधाम । सिरहाका एक कोरोना संक्रमित पुरुषको बिहीवार राति मृत्यु भएको छ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा सिरहाको गोलबजार नगरपालिकाका वडा नं. १२ का २१ वर्षिय पुरुषको मृत्यु भएको हो।

उनी मृगौलाका बिरामी भएका सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीराज कँडेलले जानकारी दिए।

नियमित डायलासिस समेत गराउँदै आएका उनी केहिदिन अगाडी कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि जनकपुर लगिए पनि त्यहाँ उपचार सम्भव भएन। त्यसपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको सिरहाका प्रजिअ अधिकारीले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *