Sajhamanch Archive

भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, ४० हजारको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

नयाँदिल्ली । पछिल्लो २४ घण्टामा मात्रै थप ६२ हजार १ सय ७० जनामा कोरोना पुष्टि भएसँगै भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्या २० लाख नाघेको छ । भारतमा शुक्रबार बिहानसम्म संक्रमितको संख्या २० लाख २५ हजार ४ सय ९ पुगेको बीबीसीले उल्लेख गरेको छ ।

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० हजार ७ सय पुगेको छ । भारतमा पछिल्लो २० दिनमा संक्रमितको संख्या ठ्याक्कै दोब्बरले बढेको जनाईएको छ । जुलाई २८ यताको ९ दिनमा मात्रै थप ५ लाख जनामा संक्रमण पुष्टि भएको छ । पछिल्ला १० दिनमा भारतमा प्रत्येक दिन ५० हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब १३ लाख २८ हजारभन्दा बढी निको भएका छन् ।

विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिकामा शुक्रबार बिहानसम्म ४८ लाख ७६ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या करिबर एक लाख ६० हजार नाघेको छ भने निको हुनेको संख्या करिब १६ लाख रहेको छ ।

शुक्रबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड ९८ लाख नाघेको छ । कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या ७ लाख १२ हजार भन्दा बढी पुगेको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब एक करोड १४ लाख निको भएका छन् । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *