Sajhamanch Archive

क्वारेन्टिनमा बसेकी युवतीले गरिन् आत्महत्या

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका वडा नं.२ स्थित गेलिङ बजारमा रहेको क्वारेन्टिनमा बसेकी एक युवतीले आत्महत्या गरेकी छन् ।

काभ्रेका एसपी रवीराज पौडेलका अनुसार दुबईबाट आएर क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले क्वारेन्टिन स्थलको कोठाभित्र झुण्डिएर शुक्रबार दिउँसो आत्महत्या गरेकी हुन् । एसपी पौडेलका अनुसार उनी ६ दिनदेखि सो क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।

घटनाबारे जानकारी पाउने बित्तिकै प्रहरीको टोली घटनास्थल पुगिसकेको र पोष्मार्टमका लागि शवलाई धुलिखेल अस्पताल ल्याउने तयारी भइरहेको एसपी पौडेलले बताए । क्वारेन्टिनमा बसेकै समयमा आत्महत्या गरेका कारण पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने उनले बताए ।

क्वारेन्टिन व्यवस्थापनमा लापरबाही भएका कारण उनले आत्महत्या गर्न बाध्य बनेको भन्दै मृतकको आफन्तले स्वास्थ्य कार्यालयमा आक्रमण गरेका थिए । आक्रोशित भिडले स्वास्थ्य कार्यालयको झ्याल ढोका तोडफोड गर्नुका साथै भण्डारण गरी राखेको औषधि फालिदिएका  छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *