Sajhamanch Archive

मेचीनगरका दुईवटा वडा शनिबारदेखि अनिश्चतकालिन लकडाउन

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । मेचीनगरपालिकाले समुदायमा कोरोनाको संक्रमण फैलिएपछि नगरका दुईवटा वडामा भोलिदेखि लकडाउन गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले मेचीनगर नगरपालिका वडा नं.९ र १० नम्बर वडामा भोलिदेखि अर्को सूचना नआउन्जेल सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण नियन्त्रण कार्यदलका संयोजक विमल आचार्यको अध्यक्षतामा शुक्रबार बसेको छलफलले वडा नं.९ र १० मा रहेका सवै प्रकारका उद्योग व्यवसाय, होटल, पसल वन्द रहने, डेरी, खाद्यन्न र सव्जी पसल हरेक दिन विहान ८ देखि १० वजे सम्ममात्र खुल्ला रहने, औषधी पसल, स्वास्थ्य उपचार केन्द्र र अस्पताल नियमित सञ्चालन हुने, नगरभित्र रहेका वित्तिय संस्था (बैँक, फाइनान्स र सहकारी) हरु स्वास्थ्य सुरक्षण विधि अपनाई सञ्चालन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, घर वाहिर निस्कदा सवै नगरवासीले मास्कको प्रयोग अनिवार्य गर्ने, समुदायस्तरमा पहिलो कोभिड–१९ संक्रमण देखा परेको र थप परीक्षणको परिणाम आउन बाँकी रहेकोले नगरभित्र संक्रमणको जोखिम बढेको हुँदा सम्पूर्ण नगरवासीमा आवश्यक सावधानी अपनाउन र सचेत रहन अनुरोेध गर्ने निर्णय भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *