Sajhamanch Archive

मेयर, नेपाली सेना र ल्याब कर्मचारीसहित ५५ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, मेयर सहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा ४७ जना पुरूष र ८ जना महिला रहेका छन् । संक्रमित हुनेमा २२ वर्षका देखि ७४ वर्ष सम्म रहेका छन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले जानकारी दिए अनुसार शनिबार बिहान संक्रमण हुनेहरुमा बारा जिल्ला कलैया वडा नम्बर १० घर भइ ३१ बर्षका १ जना नारायणी अस्पतालका प्रयोगशाला प्राविधिक रहेका छन् ।

वीरगन्जस्थित चण्डी प्रसाद गणमा कार्यरत ३२ बर्षका १ जना नेपाली सेना रहेका छन् । पर्सा जिल्ला बहुदरमाइ नगरपालिकाका ४० बर्षिय मेयर रहेका नारायणी अस्पतालका मेसु उपाध्यायले बताए ।

साउन २० गते देखि २३ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ५५ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *