Sajhamanch Archive

समुदाय स्तरमा संक्रमण देखिन थाले पछि धरान प्रवेशमा रोक

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह by .

धरान । सुनसरीको धरानमा कोरोना संक्रमण समुदाय स्तरमै देखा पर्न थालेको छ । कोरोना संक्रमण समुदाय स्तरमै देखिन थालेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको आइसुलेसन वार्ड समेत भरिएर संक्रमित राख्ने ठाउको अभाव हुन थालेको छ ।

धरानमा समुदायस्तरमा कोरोना संक्रमण देखा पर्न थालेपछि कोरोना संक्रमणको जोखिमलाई कम गर्न कडाई गर्न थालिएको छ । साउन २१ गतेदेखि लकडाउन गरेको नगरपालिकाले एम्बुलेन्स, स्वास्थ्य सामाग्री बोकेका सवारी साधन लगायतलाई धरान प्रवेश गर्न दिएको भएपनि आजबाट भने दूधका गाडीलाई समेत धरान प्रवेशमा रोक लगाइएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले धरानमा कोरोना संक्रमण समुदाय स्तरमा भयावह बन्दै गएको बताए । उनले उपमहानगरपालिकाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग सहकार्य गरेर समुदाय स्तरमै गएर गरिएको टेष्टमा केही बाहेक धेरै ट्राभल्स हिस्ट्री नभएका र समुदायभित्रै रहेकाको कारोनो पोजेटिभ देखिएको बताए ।

धरानमा कोरोना संक्रमण बढ्न थालेसंगै प्रहरीले समेत सुरक्षा संयन्त्रलाई कडा पारेको छ । कोरोना संक्रमणको संख्या बढ्दै गएपछि धरान उपमहानगरपालिकाको छलफलपश्चात सुरक्षा संयन्त्रलाई कडा बनाउन थालिएको इलाका प्रहरी कार्यालय धराना प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।

उनले पूर्व पश्मिबाट धरान भित्रिने धरानको तीनकुने चेकपोष्ट, पानबारी चेकपोष्ट, सुनसरीको बराहक्षेत्रबाट भित्रिने रेल्वे नाका र कोशी पहाडी क्षेत्रबाट भित्रिने नाका जिरोप्वाइन्टमा चेचजाच कडा बनाइएको बताए । उनले अत्यावश्यक स्वास्थ्य सामाग्री बोकेको सवारी साधन बाहेक अन्यलाई धरान भित्रिन नदिएको समेत बताए ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *