बुद्ध भारतीय नागरिक रहेको अर्को विवादस्पद अभिव्यक्ति सार्वजनिक
Published: (Updated: )
by .विराटनगर । भारतले नेपालमा जन्मिएका भगवान गौतम बुद्ध आफ्ना नागरिक रहेको भनेर फेरि एउटा विवादस्पद अभिव्यक्ति सार्वजनिक गरेको छ ।
भारतका विदेश मन्त्री एस जयशंकरले दिएको अर्को पछिल्लो अभिव्यक्ति निक्कै विवादित बनेको छ । उनले शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन कन्फडरेशन अफ इन्डियन इन्डस्ट्रिले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्धलाई ‘महान भारतीय नागरिक’ भनेर सम्बोधन गरेका छन् ।
भारतीय इतिहासमा सबैभन्दा महान नागरिकका रुपमा स्मरण गर्ने दुईजनामा गौतम बुद्ध र महात्मा गान्धी रहेको उनको अभिव्यक्ति छ । उनले दुवै जनालाई
पूरै विश्वले महान भारतीयका रुपमा चिन्ने गरेको दाबी गरेका छन् ।
बारम्बार यस्ता दाबी प्रस्तुत गर्ने भारतको सत्तामा रहेका व्यक्तिले बुद्धलाई भारतीय भनेको यो पहिलो घटना भने हैन । भारतले भगवान गौतम बुद्धलाई आफ्नो दाबी गर्ने र नेपालले त्यसको विरोध गर्ने क्रम धेरै पहिलदेखि चलिरहेको छ ।
नेपालको संसदमा विशेष सम्बोधन गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६ वर्ष पहिले बुद्ध नेपाली रहेको र उनले विश्वमा शान्तिको सन्देश प्रवाह गरेको बताएका थिए। तर उनले पनि आफ्नो त्यही भनाइलाई काट्ने गरी दुई वर्षअघिको बुद्ध पूर्णिामामा भारत बुद्धको भूमिमा जन्मिएको विवादित अभिव्यक्ति दिएका थिए ।
Comments