Sajhamanch Archive

बीपीका दुईजना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत दुईजना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

 दुई जना पुरुष डाक्टरहरू ईएनटीका एडिसनल प्रोफेसर र बायोक्यामेस्ट्रि विभागका एसोसिएट प्रोफेसरमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

इएनटीका डाक्टर केही दिन अघि जनकपुर गएर आएको पाइएको छ । उनी जनकपुरबाट आएपछि प्रतिष्ठानका विभिन्न डिपार्टमेन्ट पुगेको र अरू डाक्टरहरूसँग भेटघाट समेत गरेको बताइएको छ । पछिल्लो समय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्र बस्ने आवसिय चिकित्सकहरूमा लापर्बही बढेको बताइएको छ ।

स्रोत : पूर्वेली न्यूज

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *