Sajhamanch Archive

निजी अस्पतालले बिरामी भर्ना नलिएको भन्दै वीरगन्जमा प्रदर्शन

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

वीरगन्ज। पर्सामा पछिल्लो समय कोरोना संक्रमण बढेसँगै वीरगन्जका निजी अस्पतालले अन्य बिरामी भर्ना गर्न नमानेपछि वीरगञ्जवासी प्रदर्शनमा उत्रिएका छन् ।

गएको तीन दिनयता उपचारको अभावमा वीरगन्ज महानगरपालिका तीन जनाले ज्यान गुमाउनु पर्‍यो । यस्तो घटना पुन: नदोहोरियोस भनेर महानगरबासी प्रदर्शनमा उत्रिन पुगेका हुन् ।

उनीहरूले नारायणी अस्पतालको इमर्जेन्सीसहितको सबै सेवा सुचारु गर्न र उपचार विना बिरामी फर्काउने अस्पताललाई कारवाही गर्न माग गर्दै नारायणी अस्पताल अगाडि प्रदर्शन गरेका हुन् ।

जिल्लामा पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने र नयाँ संक्रमित निरन्तर बढिरहेकाले वीरगन्जका निजी अस्पतालले उपचार नै नगरी गेटबाट बिरामीलाई फर्काउन थालेका छन् ।

यही २१ साउनमा जिल्ला प्रशासन कार्यालय पर्साले कुनै पनि किसिमको बिरामीलाई उपचार नगरी फर्काएको पाइएमा त्यस्ता अस्पतालहरुलाई कारवाही गर्ने चेतावनी दिएको थियो।

प्रशासनको चेतावनीपछि पनि उपचारका लागि अस्पताल पुगेका विरामीहरुलाई विभिन्न बहाना देखाएर फर्काउने गरेको नगरवासीको आरोप छ ।नयापत्रिका बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *