Sajhamanch Archive

प्रदेश १ मा ३०० आइसोलेसन बेड थपिने

Published: in प्रदेश तह, मिडियाबाट साभार, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ सरकारले मोरङ र सुनसरीमा लक्षण नदेखिएका संक्रमितलाई राख्नका लागि चार स्थानमा आइसोलेसन केन्द्र निर्माण गर्ने निर्णय गरेको छ ।

आइतबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले मोरङका दुई र सुनसरीका दुई स्थानमा आइसोलेसन केन्द्र निर्माण गर्ने निर्णय गरेको हो ।

चार ठाउँमा निर्माण हुने आइसोलेसन केन्द्र तीनसय बेडको हुने छ । त्यसबाहेक झापा, मोरङ र सुनसरीमा निजी अस्पताल र होटललाई आइसोलेसन बनाउने पनि प्रदेश सरकारले निर्णय गरेको छ ।

स्थानीय सरकारसँगको समन्वयमा प्रदेश सरकारले विराटनगर महानगरपालिकामा रहेको मारवाडी सेवा सदन, रंगेली नगरपालिकामा रहेको जनता क्याम्पस, सुनसरीको हरिनगर गाउँपालिकामा रहेको जनरल अस्पताल र बराहक्षेत्रको कृष्णदास आश्रमलाई लक्षणविहीन संक्रमित राख्नका लागि आइसोलेसन केन्द्र निर्माण गर्ने निर्णय गरेको मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए ।

विराटनगरमा ५०, रंगेलीमा १००, हरिनगरमा ५० र बराहक्षेत्रमा १०० बेड तयार गर्ने प्रदेश सरकारको तयारी छ ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *