Sajhamanch Archive

भारतीय विदेश मन्त्रालयले भन्यो: बुद्ध नेपालमै जन्मिएका हुन्

Published: in विश्व समाचार by .

काठमाडौं । भारतीय विदेश मन्त्रालयले मन्त्री एस जयशंकरको भगवान गौतम बुद्धको जन्मभूमिबारे विवादास्पद अभिव्यक्ति सच्याएको छ ।

शनिबार एक भर्चुअल सम्मेलनमा जयशंकरले बुद्ध महान भारतीय भएको बताएका थिए । तर, आइतबार मन्त्रालयले जयशंकरको अभिव्यक्ति सच्याएको हो ।

मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको छ( ‘बुद्ध लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका छैन, जुन नेपालमा पर्छ ।’

जयशंकरले दिल्लीमा भारतीय उद्यमी तथा व्यवसायीहरूको छाता संगठन कन्फडरेसन अफ इन्डिया इन्डष्ट्रिद्वारा आयोजित इन्डिया एट ७६ भर्चुअल सम्मेलनमा सम्बोधन गर्ने क्रममा बुद्ध भारतीय भएको बताएपछि नेपालको परराष्ट्र मन्त्रालयले विरोध जनाएको थियो ।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको थियो ।

युनेस्कोको विश्व सम्पदाको सूचीमा समेत रहेको लुम्बिनीबाट संसारभर बद्धिज्म फैलिएको सम्बन्धी अन्तराष्ट्रिय जगत नै जानकार रहेका बेला बुद्धको जन्मस्थलबारे विवाद र शंका जरुरी नभएको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।

विज्ञप्तीमा भनिएको छ, “सन् २०१४ मा नेपाल भ्रमणका बेला भारतका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले शान्तीका प्रतिक बुद्ध नेपालमा जन्मिएको हो भनी संसद भवनमा सम्बोधन गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *