Sajhamanch Archive

कालिका सिमसार प्रवेशमा रोक

Published: (Updated: ) in लोकप्रिय, समाज by .

मेचीनगर । झापाको मेचीनगरस्थित कालिका सिमसार तथा पर्यापर्यटन क्षेत्रको प्रवेशमा रोक लगाइएको छ ।

मेचीनगर नगरपालिका वडा नं.११ र १२ मा पर्ने कालिका समुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित उक्त सिमसार अवलोकन तथा भ्रमणमा प्रतिबन्ध गरिएको वनका अध्यक्ष योगराज भट्टराई (योगेश) ले बताए ।

कोरोना भाइरस (कोभिड- १९) को नेपालमा पनि संक्रमण दर तिव्र रुपमा बढ्दै गरेको अवस्थालाई मध्यनजर गरेर समुदायमा संक्रमण फैलिन नदिने उद्देश्यले अर्को सुचना जारी नभए सम्मका लागि सिमसार प्रवेशमा रोक लगाईएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

पूर्व पश्चिम राजमार्गबाट २ किलोमिटर उत्तरमा पर्ने उक्त सिमसार अवलोकन तथा मनोरञ्जन लिन वार्षिक ३० हजार अन्तरिक तथा बाह्रा पर्यटक आउने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *