Sajhamanch Archive

कालिका सिमसार क्षेत्र प्रवेशमा रोक

Published: in राष्ट्रिय समाचार, समाज by .

विर्तामोड । समुदायमा संक्रमण फैलिन नदिने उद्देश्यले अर्को सुचना जारी नभए सम्मका लागि झापाको मेचीनगरस्थित कालिका सिमसार तथा पर्यापर्यटन क्षेत्रको प्रवेशमा रोक लगाइएको छ ।

मेचीनगर नगरपालिका वडा नं.११ र १२ मा पर्ने कालिका समुदायिक वन उपभोक्ता समूहद्वारा सञ्चालित उक्त सिमसार अवलोकन तथा भ्रमणमा प्रतिबन्ध गरिएको वनका अध्यक्ष योगराज भट्टराई ले बताए ।

कोरोना भाइरस (कोभिड १०) को नेपालमा पनि संक्रमण दर तिव्र रुपमा बढ्दै गरेको अवस्थालाई मध्यनजर गरेर समुदायमा संक्रमण फैलिन नदिने उद्देश्यले अर्को सुचना जारी नभए सम्मका लागि सिमसार प्रवेशमा रोक लगाईएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

पूर्व पश्चिम राजमार्गबाट २ किलोमिटर उत्तरमा पर्ने उक्त सिमसार अवलोकन तथा मनोरञ्जन लिन वार्षिक ३० हजार अन्तरिक तथा बाह्रा पर्यटक आउने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *