Sajhamanch Archive

विराटनगरको गुन्द्री बजार सिल

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । जिल्ला सुरक्षा समिति, मोरङको बैठकले विराटनगर महानगरपालिका वडा नं. ९ को आंशिक क्षेत्र गुन्द्री बजार सिल गर्ने निर्णय गरेको छ । आइतबार एकै परिवारका ११ जनासहित १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला सुरक्षा समितिको बैठकले तत्काल उक्त क्षेत्र सिल गरेर स्वाब सङ्कलनको दायरा बढाउने निर्णय गरेको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले सङ्क्रमितको सङ्ख्या अधिक देखिएपछि ७२ घण्टा उक्त क्षेत्र सिल गरेर सम्पर्कमा रहेकाहरूको स्वाब सङ्कलनलाई तीव्रता दिने निर्णय भएको जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *