Sajhamanch Archive

संक्रमित वडाध्यक्षको ‘कन्ट्याक ट्रेसिङ्ग’मा परेका १९ जनामा संक्रमण

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

रौतहट । रौतहटको राजदेवी नगरपालिकाका कोरोना संक्रमित वडाध्यक्षको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको छ ।

साउन ११ गते संक्रमण पुष्टि भएका वडाध्यक्षको सम्पर्कमा आएका १४४ जनाको स्वाब परीक्षण गरिएकोमा सोमबार १९ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले बताए ।

संक्रमित हुनेमा राजदेवी नगरपालिका वडा नं.४ बसतपुरका १४ जना र अन्य वडाका ५ जना छन् । यसअघि उनको सम्पर्कमा आएका १७ जनाको पीसीआर परीक्षण गर्दा साउन २० मा ४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

११ साउनमा संक्रमण देखिएका वडाध्यक्षको रौतहटको राजदेवि नगरपालिकाका एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएकाहरुलाई कन्टायक्ट ट्रेसिङ्ग गर्दा १९ नयाँ संक्रमित थपिएका छन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *