Sajhamanch Archive

हँसीमजाकमा उचालेर पछार्दा गयो ज्यान !

Published: in मिडियाबाट साभार, समाज by .

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा हँसीमजाक गरी उचालेर पछार्दा एक जनाको ज्यान गएको छ।

सियारी गाउँपालिका वडा नं. ३ सितापुर बस्ने ४० वर्षीय ओमप्रकाश यादवले स्थानीय ५५ वर्षीय जंगबहादुर बेलदारलाई मादक पदार्थ सेवन गरेको समयमा हँसीमजाक गर्दै उचालेर पछार्ने क्रममा गम्भीर घाइते भएका थिए।

भुईंमा पछारिँदा ढाड र कम्मरमा गम्भीर चोट लागेका बेलदारको सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए।

स्रोत : सेतोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *