Sajhamanch Archive

घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by .

डोटी । डोटीको आदर्श गाउँपालिका वडा नं.१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

स्थानीय गोविन्द पार्कीले दिएको जानकारी अनुसार गएराति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो ।

घटनामा लोगे, उनकी आमा ताना लुहार र एक छोरी घाइते भएका छन् । यस्तै भेटघाट गर्न आएका लोगेकी सासु आमा र साला पनि घाइते भएका छन् ।

प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले जानकारी दिए । उनले घर भत्किँदा चार जनाको ज्यान गएको खबर पुष्टि गरेका छन् । तर घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको मल्ल बताउँछन् ।

उनले भने, ‘तीन तले घर रहेछ, भत्कन लागेपछि भागेर आँगनमा पुग्दासम्म भत्किसकेपछि पुरिएर मृत्यु भएको भन्ने आएको छ ।’

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *