Sajhamanch Archive

त्रिवि उपकुलपति कार्यालयमा तोडफोड

Published: in राजनीति, राष्ट्रिय समाचार, शिक्षा by .

काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ताले मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड गरेका छन् ।

मंगलबार परीक्षाको विकल्प देऊ भन्दै नाराबाजी गर्दै पुगेको नेविसंघ कार्यकर्ताले उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड र ढुंगामुढा गरेका हुन् ।

नेविसंघ त्रिवि समितिका सभापति हरि आचार्यले विज्ञान संकायका विद्यार्थीले तोडफोड गरेका बताए । परीक्षाको विकल्प दिनुपर्‍यो भन्दै हिजो रेक्टरलाई भेट्न गएका थिए, उहाँहरुले हामी विकल्प दिन सक्दैनौं भन्नुभयो’ उनले भने ‘आज गएर तोडफोड गरेछन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *