Sajhamanch Archive

विराटनगरमा एउटै सञ्‍चारमाध्यमका पाँच पत्रकारलाई कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

विराटनगर । विराटनगरका ६ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप दुई जना पत्रकारसहित विराटनगरका २३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो परीक्षणमा स्थानीय उद्घोष दैनिकका थप दुईजना पत्रकारमा कोरोना पुष्टि भएको छ ।

योसहित उद्घोष पत्रिकाका पाँच पत्रकार र एक जना कर्मचारीमा पनि संक्रमण देखिएको छ । यसअघि संक्रमण पुष्टि भएका साप्ताहिक पत्रिका पत्रकार होम आईसोलेसनमा छन् ।

पत्रकार र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि पत्रिकाको प्रकाशन बन्द भएको छ । तर, अनलाइन भने जारी नै छ । संक्रमण भएका पत्रकार आइसोलेसनमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *