Sajhamanch Archive

वीपी स्वास्थ्य प्रतिष्ठानको ओपीडी सेवा अनिश्चितकालका लागि बन्द

Published: in प्रदेश तह, मुख्य समाचार, समाज, स्वास्थ्य by .

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनिश्चितकालका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठान परिसरभित्र कोरोना संक्रमण देखिएको भन्दै भोलि बुधबारदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि ओपीडी सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय भएको अस्पतालका सहायक निर्देशक डा. विकास साहले जानकारी दिए ।

कोरोना संक्रमणका कारण स्थानीय सरकारले समेत सात दिन पूर्णरुपमा बन्द गरेको अवस्था र प्रतिष्ठान परिसरभित्र समेत कोरोना संक्रमण देखिएकाले संक्रमण फैलिन नदिन र रोकथामका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय गरिएको प्रतिष्ठानले मंगलबार सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *