Sajhamanch Archive

भक्तपुरको केमिकल उद्योगमा आगलागी

Published: in राष्ट्रिय समाचार, समाज by .

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा नं.६ निकोसेरास्थित युनाइटेड केमिकल प्रालिमा आगलागी भएको छ । सेनिटाइजर, साबुन, हार्डपिक, गिल्सरिन बनाउँदै आएको कारखानामा मंगलबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कारखानाको टहरा पूर्णरुपमा क्षति भएको छ । जुद्ध बारुद यन्त्र भक्तपुर, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको हो ।

आगलागीबाट करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *