Sajhamanch Archive

प्रदेश १ मा थपिए ९८ जना नयाँ कोरोना संक्रमित

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा ९८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिनेमध्ये ६१ जना मोरङका छन् । विराटनगरमा कूल ५० जना संक्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा २१ महिला र २९ पुरुषमा संक्रमण देखिएको हो । यसैगरी बुढीगंगा गाउँपालिकामा १० जना र बेलबारी नगरपालिकामा एक जनामा संक्रमण पुष्टि भएको छ ।

सुनसरीमा १८, उदयपुरमा १५, झापामा दुई, इलाममा एक र ताप्लेजुङमा एक जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मंगलबार थपिनेमध्ये ६४ पुरुष र ३४ महिला छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *