नेपाल भित्रिदै गरेको ओरियन्स कम्पनीको सामाग्री बरामत
Published: (Updated: )
by .बिर्तामोड । झापा प्रहरीले मेचीनगर–१५ बाट १८ लाख ७९ हजार ६ सयको सामाग्री बरामत गरेको छ ।
झापामा ओरियन्स नामक भारतीय कम्पनीका प्रतिनिधिले अवैध रुपमा ओरियन्सका उत्पादनहरु नेपाल भित्राउने गरेको पाइएको छ ।
सोमबार राती विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले भारतबाट लुकाईछिपाई ल्याउदै गरेको ओरियन्स कम्पनीको औषधिन्य सामग्री बरामत गरि मेची भन्सार कार्यालय बुझाएको छ ।
यस्तै, प्रहरीले ६८ हजार ३ सय ७० मुल्य बराबरको कुर्ता सुरुवाल, बाबा खैनी बरामत गरी भन्सार कार्यालय बुझाएको जिल्ला कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
प्रहरीले २६ गते साँझमा कचनकवल –६ बाट भन्सार छलेर ल्याउँदै गरेको ३१ हजार ५ सय मुल्य बराबरको युरिया मल बरामत गरी भद्रपुर भन्सार बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Comments