Sajhamanch Archive

१०२ दिनपछि न्यूजील्याण्डमा फेरि देखापर्यो कोरोनाभाइरस

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by .

एजेन्सी । कोरोना भाइरसमाथि विजय पाएको १०२ दिनपछि न्यूजील्याण्डमा फेरि कोरोनाभाइरसको संक्रमण देखापरेको छ । मुलुककै सबैभन्दा ठूलो शहरमध्येका एक अउकल्याण्डमा आजै मंगलबार एउटै परिवारका चारजनामा कोरोनाभाइरसको संक्रमण फेला परेको छ ।

अझैसम्म स्रोत फेला पर्न नसकेको कोरोनाभाइरसका संक्रमणको सो केस देखापरेपछि न्यूजील्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डनले घरमै बस्नुपर्ने गरी लकडाउनको आदेश जारी गरेका छन् ।

न्यूजील्याण्डले कोरोनाभाइरसमाथि विजयप्राप्त गरेको १०० दिन नाघेकोमा सारा विश्वले न्यूजील्याण्ड सरकारको तारिफ गरिरहेको थियो । विश्व स्वास्थ्य संगठनले त ‘समुदाय संक्रमणलाई न्यूजिल्याण्डले सफलतापूर्वक निर्मुल पारेको भनी प्रशंसा नै गरेको थियो ।

बुधबारदेखि लागू हुने गरी न्यूजील्याण्डमा कोरोनाभाइरस नियन्त्रणको तेस्रोतहको प्रावधान लागू गरिएको छ । यसअनुसार, मानिसहरु घरमै बस्नुपर्नेछ । साथै, स्कुल, बार तथा अन्य थुप्रै व्यवयायहरु तीन दिनका लागि बन्द गरिनेछ ।

त्यसैगरी, मुलुकका बाँकी भागहरुमा दोस्रो तहको प्रावधान लागू गरिनेछ । यसअनुसार मानिसहरुले सामाजिक दूरी कायम गर्नुपर्नेछ । न्यूजील्याण्डमा गत मे १ यता समुदाय संक्रमणको केस देखापरेको थिएन । अहिलेसम्म न्यूजील्याण्डमा संक्रमणका १५७० केसहरु देखापरेका छन् जसमा २२ जनाको निधन भएको छ ।

स्रोत : अलजजिरा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *