Sajhamanch Archive

र्‍याच फेमिली ट्रष्टद्वारा १६० परिवारलाई राहत सामाग्री वितरण

Published: in लोकप्रिय, समाज by .

बुद्धशान्ति । र्‍याच फेमिली ट्रष्ट नामक सामाजिक संस्थाले झापाको मेचीनगरका विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।

र्‍याच फेमिली ट्रष्ट दुवईको आर्थिक सहयोगमा मेचीनगर नगरपालिका वडा नं.२,३ र ४ का विपन्न १६० घरपरिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्ने सामान्य तथा अति विपन्न परिवारलाई दुई छाक टार्न समस्या परिरहेको बेला झापा बुद्धशान्ति निवासी हाल दुवईमा रहेकी नविना विश्वकर्माको नेतृत्वमा रहेको र्‍याच फेमिली ट्रष्टले राहत स्वरुप खाद्यन्न सामग्री वितरण गरेको हो ।

र्‍याच फेमिली ट्रष्टले दिपज्योती टोल विकास संस्था मेचीनगर वडा नं.२ र वडा नं.४ वडा कार्यालयको संयोजनमा मङगलबार विपन्न १६० परिवारलाई राहत स्वरुप खाद्यन्न सामग्री घर घरमा नै पुर्याएर वितरण गरेको छ ।

ट्रष्टले मेचीनगर–४ का विपन्न ६० घर परिवारलाई राहत स्वरुप प्रत्येक परिवार १५ केजी चामल, १ केजी दाल, १ पोका खाने नुन, १ लिटर खाने तेल र १ केजी चिनी उपलब्ध गराएको थियो ।

त्यसैगरी मेचीनगर– २ र ३ मा १०० घर परिवारलाई राहत स्वरुप प्रत्येक परिवार १५ केजी चामल, १ केजी दाल, १ पोका खाने नुन, १ लिटर खानेतेल, १ केजी चिनी र १ वटा नुहाउने साबुन उपलब्ध गराएको थियो ।

दिपज्योती टोल विकास संस्था मेचीनगर–२ का अध्यक्ष धनबहादुर राईको अध्यक्षतामा आयोजित राहत वितरण कार्यक्रममा मेचीनगर–४ का वडा सदस्य विनोद रञ्जितकारको प्रमुख आतिथ्यता रहेको थियो । दपज्योती टोल विकास संस्थाका जेष्ठ नागरिक ज्ञानबहादुर कालिकोटे, ललित बहादुर प्रधान, जितबहादुर राई लगायतको आतिथ्यता रहेको थियो ।

यस संस्थाले यसअघि झापाको बुद्धशान्ति गाउँपालिकामा समेत राहत सामग्री सहयोग गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *