Sajhamanch Archive

१८३ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाण्डौ । नेपालमा अहिलेसम्म एक सय ८३ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार प्रदेश १ मा आठ जना, प्रदेश २ मा ७८ जना, वाग्मती प्रदेशमा १६ जना र गण्डकी प्रदेशमा २० जना रहेका छन् ।

यस्तै, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा २२ जना र सुदूरपश्चिम प्रदेशमा २७ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

कोरोना सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरुमा ६० जना महिला र एक सय २३ जना पुरुष रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *