Sajhamanch Archive

बस दुर्घटना हुँदा तीनको मृत्यु, ३१ जना घाइते

Published: in मिडियाबाट साभार, समाज by .

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं.१ खिरसैनमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

भारतबाट आएकाहरुलाई बोकेर कैलालीको धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नं. को बस बुधवार बिहान करिब ५:३० वजे दुर्घटना भएको हो । दुर्घटनामा परि तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

बोहराका अनुसार दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको प्रहरी निरीक्षक वोहराले बताए । उनले घाइतेहरुमध्ये केहीको अवस्था गम्भिर रहेको समेत जानकारी दिए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *