Sajhamanch Archive

धरानमा भदौ ३ गतेसम्म लकडाउन थपियो

Published: in समाज, स्वास्थ्य by .

सुनसरी । समुदायमा कोरोना संक्रमण फैलिएको भन्दै धरान उपमहानगरपालिकाले लकडाउन थप गरेको छ ।
उपमहानगरको आज बसेको कार्यपालिका बैठकले अगामी भदौ ३ गते राति १२ वजेसम्म लकडाउन बढाउने निर्णय गरेको हो ।

गत साउन २२ गते सुरु भएको धरानको लकडाउन आज राति १२ बजे सकिन लाग्दा उपमहानगरले पुन एक साता लकडाउन थप गर्ने निर्णय गरेको धरान उपमहानगर पालिका १७ नम्बरका वडा अध्यक्ष मनोज भट्टराईले जानकारी दिए । लकडाउन थप गरेसंगै समुदायमै फैलिएको कोराना सक्रमण रोकथाम गर्न मास टेष्टिङ गर्ने समेत निणर्य भएको उनले वताए ।

‘धरानको विष्णुपादुका , ठिंगाबारी , पाचबन्या दानावारी लगायतका क्षेत्रवाट आउने साग सब्जी ल्याउन सहजीकरण गरिने छ’ उनले भने, ‘धरानमा उत्पादन भएको दूध तथा दूग्धजन्य सामानसमेत वजारमा ल्याउन पाइने छ ।’ तर उनले स्वास्थ्य सेवासंगै औषधि पसल वाहेकका अन्य पसल भने खोल्न नपाईने प्रष्ट पारेका छन। यता जिल्ला प्रशासन कार्यालय सुनसरीले भने यस अघि नै साउन ३२ गते सम्मको लागि जिल्ला भर निषेधाज्ञा जारी गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *