Sajhamanch Archive

मेचीनगरमा चिकित्सकसहित थप चार जनामा कोरोना संक्रमण पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

झापा । मेचीनगर नगरपालिकामा एक चिकित्सक सहित चार जना समुदायस्तरका मानिसमा कोरोना संक्रमण पुष्टी भएको छ । केहीदिन अघि मेचीनगर नगरपालिका वडा नं.१० धुलावारी बजारका १५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएसँगै समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको थियो ।

त्यस लगत्तै संक्रमित युवाका परिवार सहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकाष्पद ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणका लागि १ सय २ जनाको थ्रोड स्वावको नमूना संकलन गरिएको थियो ।

मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले समुदायस्तरमा गएको शनिवार नमूना संकलन गरी परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको थियो । ती मध्ये मेचीनगर १० स्थित आम्दा मेची अस्पताल धुलावारीमा कार्यरत एक चिकित्सकसहित चारजनामा नोवल कोरोना भाइस (कोभिड १९) को संक्रमण फेला परेको सामाजिक विकास समिति संयोजक नवीन बरालले जानकारी दिए।

बरालका अनुसार मेचीनगर नगरपालिका वडा नं.७ का एक पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । उनी नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् । यस अघि संक्रमित देखिएका मेचीनगर नगरपालिका वडा नं.१० का १५ वर्षीय किशोरका परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *