Sajhamanch Archive

प्रदेश १ मा थपिए ४८ जना नयाँ कोरोना संक्रमित

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा ४८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २४, सुनसरीमा १४, झापामा ९ र प्रदेश बाहिरका एकजना छन् ।

विराटनगरका १२ पुरुष, रंगेलीका ७ पुरुष र ३ महिला, स्थानीय तह नखुलेका २ पुरुष, सुनसरीको धरानका ५ पुरुष र ४ महिला, दुहबीका ३ र कोसी गाउँपालिका २ पुरुष, झापाको मेचीनगरका ३ पुरुष र ३ महिला, भद्रपुरका ३ पुरुष र रौतहटको गौरका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४ जना डिस्चार्ज भएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सुनसरीका चारजना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १८ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *