Sajhamanch Archive

सागमा पदक जित्‍ने एथलेटिक्सका तीन खेलाडीलाई चार वर्ष प्रतिबन्ध

Published: in खेलकुद by .

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा प्रतिबन्धित औषधि प्रयोग गरेको पुष्टि भएपछि पाकिस्तानका तीन पदकधारी खेलाडीको पदक खोसिएको छ ।

नेपाल ओलम्पिक कमिटीले बुधबार जारी गरेको विज्ञप्तिमा पाकिस्तानी तीन खेलाडीको डोपिङ परीक्षण गर्दा पोजेटिभ देखिएका खेलाडीको पदक खोसिएको जनाएको हो । पदक खोसिनेमा एथलेटिक्सतर्फ एक सय मिटर दौडमा कास्य पदक विजेता सामी उल्लाह, एक सय १० मिटर हर्डल्समा स्वर्ण विजेता मुहमद नइम र चार सय मिटर हर्डल्समा स्वर्ण विजेता महबुब अली रहेका छन् ।

नेपाल ओलम्पिक कमिटीले विज्ञप्ति जारी गर्दै तीनै खेलाडीलाई चार वर्ष प्रतिबन्धका साथै पदक खोसिएको जनाएको हो । तीनै खेलाडीलाई सन् २०२३ डिसेम्बरसम्म निलम्बन गरिएको पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *