Sajhamanch Archive

आरती स्ट्रिप्सका ३० मजदुरलाई कोरोना संक्रमण, दुईजना भागे

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्समा कार्यरत ३० मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनयता उद्योगमा काम गर्ने कर्मचारी र मजदुर गरी ३० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित ३० मध्ये दुईजना फरार छन् । मजदुर उद्योगकै आइसोलेसनमा छन् । दुईजना कर्मचारी होम आइसोलेसनमा छन् । बुढीगंगा गाउँपालिका वडा नम्बर–२ का अध्यक्ष युवराज पौडेलका अनुसार १५० भन्दा बढीको पीसीआर जाँच गर्दा ३० जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

उद्योगमा कार्यरत विराटनगर ढाट चोकमा डेरा गरी बस्ने दुईजना भारतीय नागरिक भागेका हुन् । भागेकाहरुको ठेगाना खुलेको छैन । ‘भागेकाहरु भारत नै पुगे होलान्,’ उनले भने, ‘एउटा घरमा चारजना भाडामा बस्थे, चारमध्ये दुईजनाको पोजेटिभ आएपछि अरुको पनि स्वाब संकलन गरिएको थियो । तर रिपोर्ट आउनुअघि भागेछन् ।’ उद्योगमा पाँचदेखि छ सय मजदुर कार्यरत छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *