Sajhamanch Archive

नेपाल प्रहरी र सशस्त्रका ६८१ जनामा कोरोना संक्रमण

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । मुलुकका दुई प्रमुख सुरक्षा संगठन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ६८१ जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपाल प्रहरीका ४८९ र सशस्त्र प्रहरीका १९२ जना गरी ६८१ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका १८३ जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १२२ जना डिस्चार्ज भएका छन् ।

प्रहरीमा हाल ३०६ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रहरी प्रधान कार्यालयकै १३०, काठमाडौं उपत्यकाका ३०, प्रदेश १ का २४, प्रदेश २ का ४२, वाग्मती प्रदेशका १७, गण्डकी प्रदेशका १९, प्रदेश ५ का ४३ र सुदूरपश्चिम प्रदेशका एकजना छन् ।

यस्तै सशस्त्र प्रहरीतर्फ ७२ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रदेश १ का ३५, प्रदेश २ का २३ र वाग्मती प्रदेशका १४ संक्रमित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *