Sajhamanch Archive

तस्करीको राँगा भैंसी बरामद गर्न १५ राउण्ड हवाइ फायर

Published: in मिडियाबाट साभार, समाज by .

रौतहट । भारतबाट तस्करी गरेर अवैध रुपमा ल्याउदै गरेको राँगा भैंसी नियन्त्रणमा लिन प्रहरीले रौतहटमा हवाइ फायर गरेको छ ।

भारतीय सीमा जोडिएको रौतहटको राजपुर नगरपालिकाको कुडिया बजारमा चोर बाटोबाट ल्याइएका ५८ वटा राँगाभैंसी नियन्त्रणमा लिन गएको नेपाल प्रहरी र स्थानीयबीच झडप भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउँछ भन्ने थाहा पाएपछि स्थानीयले अवरोध गरेका हुन् ।

स्थानीय वासिन्दा र भैंसी व्यापारीले प्रहरीको काममा अवरोध गर्दै ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास र १५ राउण्ड हवाइ फायर गरेको खड्काले जानकारी दिए । स्थानीयसँगको झडप हुँदा तस्कर समूहले राँगा भैंसी धपाउदै अन्यत्र लगेको र प्रहरीले फेला पार्न नसकेको उनले बताए ।

स्रोत : अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *