Sajhamanch Archive

विराटनगरमा भदौ ५ गतेसम्म लकडाउन

Published: in प्रदेश तह, समाज by .

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा एकसाताको लागि लकडाउन थप भएको छ ।

विराटनगर महानगरपालिकामा समुदायस्तरमा कोरोना फैलिएपछि महानगरले गत साउन १६ देखि ३० गतेसम्म लकडाउन घोषणा गरेको थियो । तर, अवस्था झन् भायवह हुँदै गएको भन्दै महानगरले आज निर्णय गरी भदौ ५ गतेसम्म लकडाउन थपेको हो ।

महानगरले सूचना जारी गरी भदौ ५ गतेसम्म लकडाउन जारी रहने जनाएको छ । विराटनगरमा विहीबार ६० जनामा कोरोना संक्रमण देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *