Sajhamanch Archive

चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले  देशभर समान्य बदली रही प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

विभागअनुसार आज दिउँसो बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

विभागले आज राति प्रदेश नं १, बाग्मती प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । देशभर सामान्य वदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *