Sajhamanch Archive

११ वर्षीय बालकको हत्या गर्ने दुवैजना प्रहरी इन्काउन्टरमा मारिए

Published: (Updated: ) in समाज by .

काठमाडौं ।  काठमाडौंको काँडाघारीबाट ११ वर्षका बालकलाई नियन्त्रणमा लिएर हत्या गर्ने दुबै जना प्रहरी इन्काउन्टरमा मारिएका छन्।

बालक अपहरणमा परेपछि प्रहरीले ठूलो टिम परिचालन गरेर खोजतलास गरेको थियो।

अपहरणमा परेका बालकको शव भक्तपुरको ठीमीमा हत्या गरिएको अवस्थामा फेला परेको थियो। अपहरणमा परेका निशान खड्काको शव भक्तपुरको ठिमीमा भेटिएको हो।

प्रहरी इन्काउन्टरमा गोपाल तामाङ र अजय तामाङ नाम गरेका दुई युवाहरु मारिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए।

घटनास्थलबाट एउटा पेस्तोल त्यसमा लाग्ने गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।

बाललको अपहरण भएलगत्तै उपत्यकामा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो ।

बालकको हत्या गर्ने दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा मुठभेड भएको थियो११ वर्षीय बालकको हत्या गर्ने दुवैजना प्रहरी इन्काउन्टरमा मारिए ।
– थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *