Sajhamanch Archive

सिन्धुपाल्चोक पहिरो : सात जनाको शव भेटियो, ३१ जनाको खोजी हुँदै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं.२ को लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परि हराएकामध्ये सात जनाको शव भेटिएको छ ।

पहिरोमा पुरिएर सात जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्ज्वल महर्जनले जानकारी दिए । पहिरोमा परेकामध्ये ३१ जना अझै हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको छ ।

पहिरोमा परि घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाण्डौ पठाइएको महर्जनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *