Sajhamanch Archive

प्रदेश १ मा थपिए ९५ जना कोरोना संक्रमित

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरका १३ महिला, २० पुरुष, रंगेलीमा ९ महिला,१९ पुरुष, सुन्दरहरैचाका १ पुरुष, सुनसरीको दुहवीका २ महिला, ११ पुरुष, घुस्कीका, ३ पुरुष, इटहरीका २ पुरुष, धरानका १ महिला, १ पुरुष, देवान्जञ्जका १ पुरुष र रामधुनीका १ महिला, झापाको दमकका २ महिला, ४ पुरुष, भद्रपुरका २ पुरुष, शिवसताक्षीका १ पुरुष र सिरहा र धनुषाका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ पुगेको छ ।

प्रदेश १ बाट शुक्रबार ३५ जना डिस्चार्ज भएका छन् । मेची अस्पताल झापाबाट १७, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज भएकाहरु झापाका १५, मोरङका १४, इलामका ४ र सुनसरीका २ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ७५ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *