Sajhamanch Archive

१ भदौबाट सुरु हुनेछ अर्को चरणको उद्धार उडान

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । सरकारले १ भदौबाट व्यवसायिक उडान खोल्ने घोषणा गरेको थियो । तर, मुलुकभित्र कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले व्यवसायिक उडान स्थगन थप १५ दिन लम्ब्याएको छ ।

तर, बीचमा भने १५ दिन उद्धार उडानहरु भने नियमित हुने भएका छन् । नेपाल वायुसेवा निगमका अनुसार १७ अगष्टदेखि ३१ अगष्टसम्म अब उद्धार उडान हुने भएका छन् । सरकारले अब दैनिक ५ सय जनालाई नेपाल ल्याउने निर्णय गरिसकेको छ ।

त्यसमध्ये २ सय जना सरकारले आफ्नो पैसामा ल्याउने छ । ३ सय जना भने आफैंले टिकट काटेर आउने नेपाली हुनेछन् । उनीहरु सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावासले गरेको सिफारिसका आधारमा आउने छन् ।

बिहीबारसम्म विदेशबाट ५० हजार ४ सय १३ जनाको उद्धार भइसकेको छ । यसमध्ये सबैभन्दा धेरै यूएईबाट १४ हजार ६५ जना नेपाली घर फर्किएको तथ्यांक रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *