Sajhamanch Archive

पछिल्लो आठ दिनमा कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । पछिल्लो आठ दिनमा कोरोना भाइरसको संक्रमणबाट ३४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार साउन २३ गते देखि साउन ३० गतेसम्म अर्थात आठ दिनमा ३४ जनाले ज्यान गुमाएका हुन् ।

आठ दिनमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा ६ जना पर्सा जिल्लाका, मोरङ्का चार जना, काठमाडौं चार जना, धनुषा पाँच जना, बारा तीन, सिराहा तीन, सलार्ही एक कपिलवस्तु एक, धादिङ् एक, बांके एक , सिन्धुपाल्चोक एक, काभ्रेपाल्चोक एक, महोत्तरी एक ,अछाम एक, कास्की एक जना रहेका मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट ज्यान गुमाउँनेमा १८ वषदेखि ८४ वर्ष उमेरका रहेका छन् । मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेमा ९ जना महिला र २५ जना पुरुष रहेका छन् । देशैभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *