Sajhamanch Archive

वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

वीरगन्ज । वीरगञ्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा थप एकजना कोरोना संक्रमितको मृत्युु भएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली घर भएका ६० बर्षीय वृद्धको नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा शुक्रबार बेलुका मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक उदयनारायण सिंहले बताए ।

मृतक वृद्धको पिसिआर रिपोर्टमा साउन २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै ज्वरो आएएपछि उनी नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकमा साउन २४ गते साँझ भर्ना भएका थिए । विगत ६ दिनदेखि उपचाररत उनको शुक्रबार बेलुकी मृत्यु भएको नारायणी अस्पतालका चिकित्सक सिंहले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *