बुटवलमा कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु
Published:
by .बुटवल । बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको मायादेवी गाउँपालिका–७ का ४२ वर्षीय एक पुरुषको ज्यान गएको हो । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।
अस्पतालका अनुसार मृतकको शुरुआती रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट मेशिनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
Comments