Sajhamanch Archive

पत्रकारका समस्याबारे प्रेस युनियन प्रदेश–१ का अध्यक्षहरुद्वारा सरकारको ध्यानाकर्षण

Published: in राष्ट्रिय समाचार, समाज by .

कोरोना संक्रमण (कोभिड–१९) को महामारीले गर्दा पत्रकार र सञ्चार संस्थाले इतिहासमै सवैभन्दा बढी समस्यामा परेको जनाउँदै नेपाल प्रेस युनियन प्रदेश नं. १ र प्रदेश नं. १ का अध्यक्षले नौं सुत्रीय माग राखेका छन्। यी माग सरकार तथा सरोकारवालासँग राखेका हुन्।

युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका दस जिल्लाका अध्यक्ष र प्रदेश नं. १ का संयोजकको सहभागितामा शनिबार भएको भर्चुअल संवादबाट साझा धारणा तय गर्दै सरकार तथा सञ्चार सम्बद्ध व्यवसायीक संघ संगठनप्रति ती माग राखिएको जारी विज्ञप्तिमा उल्लेख छ।

जारी विज्ञप्तिमा जोखिम क्षेत्रमा रहेका पत्रकारहरुको कोभिड–१९ परीक्षण दर बढाइयोस र संक्रमणमा परेका पत्रकारहरुको उपचारमा ध्यान दिन तथा प्रदेश राजधानी विराटनगर र जिल्लामा पत्रकारहरुमा संक्रमण पुष्टि हुनासाथ आईसोलेसन सेन्टर तथा अस्पतालमा भर्ना गर्ने व्यवस्था गर्न, कोभिड–१९ का कारण आर्थिक संकटको सामाना गरिरहेका पत्रकारहरुलाई सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रबाट लेखनवृत्ति कार्यक्रम सञ्चालन तथा यसलाई पारदर्शी अनि सहभागितामुलक बनाउन माग गरिएको छ।

यस्तै, सरकारद्वारा विषम परिस्थितिमा सञ्चारकर्मी र सञ्चार गृहका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्न, कोरोना भाईरस सङ्क्रमका कारण बन्द भएका र सञ्चालनमै समस्या भईरहेका अनलाईन, रेडियो र भिटी जस्ता सञ्चार गृहका निम्ति सरकारले ‘सफ्ट बैंक लोन’ तथा अन्य कल्यणकारी योजनाको व्यवस्थापन गर्न माग गरिएको छ।

युनियनले साना लगानीका मिडियालाई प्रेस काउन्सिलबाट अहिलेको विषम परिस्थितिमा अंक नपुगेपनि स्वतः नवीकरण हुने व्यवस्था गर्न, महामारीका बेलामा सुरक्षित हुँदै पत्रकारिता गर्ने उपायको विषयमा नेपाल पत्रकार महासंघद्वारा भर्चुअल तालिमको व्यवस्था गर्न, धेरै पत्रकारको गुमेको रोजगार पुनःस्थापित गर्न नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियन केन्द्रीय समितिले सरकारलाई दबाब दिएर रोजगार बैंकको प्रबन्ध गर्न आवश्यक पहल गर्न माग गरिएको छ।

यसैगरी वर्ष २०७७ साल अवधिको महासंघको सदस्यतामा नवीकरणमा लाग्ने सम्पूर्ण शुल्क छुट गरियोस र महासंघले आफ्ना सदस्यका लागि कोरोना बीमाको प्रबन्ध गर्न र कार्यरत पत्रकारहरुलाई राष्ट्रिय मिडियाहरुले लामो समयदेखि पारिश्रमिक नदिएकोले तत्काल पारिश्रमित उपलब्ध गराउन महासंघ अनि युनियनका केन्द्रीय समितिले पहल गनै माग गरिएको छ ।

युनियनले प्रदेश तथा जिल्लामा भएका समस्याबारे जिल्लास्तरबाटै समाधान गर्न दबाब दिन पनि आग्रह गरको छ। छलफलले कोरोना संक्रमण पुष्टि भएका पत्रकारहरुको स्वास्थ्य लाभको कामना गर्दै अग्रज पत्रकार बलराम बानियाँ प्रति श्रद्धाञ्जली पनि व्यक्त गरेको छ। छलफलमा युनियनका प्रदेश संयोजक लिलावल्लव घिमिरे, सुनसरी अध्यक्ष पवन अधिकारी, मोरङ अध्यक्ष कुमार लुइँटेल, पाँचथर अध्यक्ष भीम बाँस्कोटा, इलाम अध्यक्ष विप्लव भट्टराई, खोटाङ अध्यक्ष उत्तम चम्लागाईं, उदपयुर अध्यक्ष पर्शुराम थापा, ताप्लेजुङ अध्यक्ष सन्तोष पुर्कटी, तेह्रथुम अध्यक्ष टीआर लिम्बू, धनकुटा अध्यक्ष हिमा चेम्जोङ र झापा अध्यक्ष इन्दू पूर्वेली सहभागी थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *