Sajhamanch Archive

धोनीद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा

Published: in खेलकुद by .

एजेन्सी । भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सबै फ्याम्याटको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

उनले इन्स्टाग्राममा सन्देश लेख्दै सबैलाई धन्यवाद भनेका छन् । सन् २००७ मा भारतबाट कप्तानी गरेका उनले सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् ।

धोनीले ३० डिसेम्बर २०१४ मा टेष्ट कप्तान र जनवरी २०१७ मा ओडीआई कप्तानी छाडेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *