भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार नजिक
Published: (Updated: )
by .काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नजिक पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ४९ हजार ९८० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ९४४ जनाको मृत्यु भएको छ ।
त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख ८९ हजार ६८२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ६३ हजार ४८९ नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म भारतमा १८ लाख ६२ हजार २५८ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् । अझै ६ लाख ७७ हजार ४४४ संक्रमित निको हुन बाँकी छन् ।
Comments