Sajhamanch Archive

प्रदेश १ मा थपिए १०३ जना कोरोना संक्रमित

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by .

विराटनगर । प्रदेश १ मा आइतबार १०३ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् ।

मोरङमा ९२ , खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगर महानगरपालिकामा आज ८६  जनामा कोरोनो पुष्टि भएको छ । संक्रमितमध्ये ३२ महिला र ५४ पुरुष रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार बुढीगंगामा ३, धनपालथानमा २ र कटहरीमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ६ पुरुष, सुनसरीको इटहरीमा १ पुरुष, दुहवीमा १ महिला, इलामको देउमाईमा १ पुरुष, बाराका १ पुरुष र सिरहाकी १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या दुई हजार १० पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *