Sajhamanch Archive

विराटनगरमा स्वाब लिने स्वास्थ्यकर्मीलाई नै कोरोना, संकलन कार्य रोकियो

Published: in राष्ट्रिय समाचार, समाज by .

विराटनगर । विराटनगरमा स्वाब संकलन कार्य रोकिएको छ । आइतबार स्वाब संकलमा खटिएका एक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि महानगरमा स्वाब संकलको काम प्रभावित बनेको हो ।

विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीका अनुसार स्वाब संकलन गर्ने काममा सक्रिय स्वास्थ्यकर्मीमा ज्वरो आउने लक्ष्यण देखिएपछि परीक्षण गरिएको थियो । उनको रिर्पोट पोजेटिभ आएको हो ।

विराटनगरमा समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेपछि भदौ ५ गतेसम्मको लागि लकडाउन बढाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *