छोराले एन्टेना बनाइदिन भनेपछि बाउले ठड्याइदिए इफेल टावर
Published:
by .एजेन्सी । कहिलेकाहीँ मानिसहरुले यस्तो काम गर्दछन् कि त्यसका कारण उनीहरु दुनियाँभर चर्चित बन्दछन् ।
क्युबाको राजधानी हबानामा बस्ने ५२ वर्षीय जर्ज एनरिक सेलडागोले पनि यस्तै अनौठो काम गरेका छन् । उनले आफ्नै घरको छतमा फ्रान्सको इफेल टावर ठडाइदिएका छन् ।
नजिकैको पार्कमा रहेको वाइफाइको सिग्नल टिपाउनका लागि एन्टेना बनाइदिन आफ्ना छोराले आग्रह गरेपछि सेलडागोले घरको छतमा १३ फिट अग्लो इफेल टावर बनाएका हुन् ।
पेरिस अफ त क्यारेबियन भनिने हबाना सहरका बासिन्दाले आफ्नै घरको छतमा पेरिसको चर्चित संरचना इफेल टावर खडा गरेपछि त्यसले चर्चा नपाउने कुरै भएन ।
अहिलेसम्म पेरिस गएर आफ्नै आँखाले इफेल टावर देख्ने मौका नपाएका सेलगाडोले फिल्म तथा तस्वीर हेरेरै इफेल टावरको प्रतिरुप तयार पारेका हुन् । पेसाले लेखापाल रहेका सेलगाडोले आफ्ना बुवाबाट फलामको काम सिकेका थिए । उनलाई उक्त टावर तयार पार्नका लागि उनका छोराले पनि सहयोग गरेका थिए ।
आफूले घरको छतमा बनाएको इफेल टावर लोकप्रिय बनेपछि अब स साना आकारका इफेल टावर बनाएर बेच्ने योजना उनले बनाएका छन् ।
Comments